Techie IT
Mission Khabar

केएमसी मेडिकल कलेजको ठगीको बिरोध गर्दै विद्यार्थी आन्दोलनमा


काठमाडौं । चिकित्सा शिक्षा अध्ययनका क्रममा काठमाडौं मेडिकल कलेज (केएमसी) ले सरकारले तोकेको भन्दा बढी शुल्क लिँदैआएपनि सरकारी निकायहरु बेमतलबी देखिएका छन् । केएमसीमा एमबीबीएस, बीडीएस र बीएनएस अध्ययनरत विद्यार्थीले सरकारले तोकेभन्दा बढी शुल्क मागिएपछि बिरोध गर्दै काठमाडौंको माइतीघरदेखि नयाँ वानेश्वरसम्म नारावाजीसहित प्रदर्शन गरेका हुन् ।

उनीहरुले चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क नलिन खबरदारी गरेका थिए । प्रदर्शनमा सहभागी विद्यार्थीहरुले ‘आयोगके नियम कार्यान्वयन गर, अतिरिक्त शुल्क खारेज गर, विद्यार्थी लुट्न पाइँदैन, विद्यार्थीको भविष्य सुनिश्चित गरजस्ता नारा लेखेको प्लेकार्ड समेत प्रदर्शन गरेका थिए । विद्यार्थीहरुको आन्दोलनमा नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, नेत्रविक्रम चन्द नेतृत्वको अखिल क्रान्तिकारीले ऐक्यवद्धता जनाएका थिए ।

पोखराको मणिपाल कलेजले विद्यार्थीसँग लिएको बढी शूल्क फिर्ता दिने निर्णय गरेपनि कांग्रेस नेता समेत रहेका शुनिल शर्माको काठमाडौं सिनामंगलस्थित केएमसी र बिराटनगरस्थित नोबेल मेडिकल कलेजले मनोमानी रुपमा शुल्क लिन छाडेका छैनन । उल्टै विद्यार्थीलाई पठनपाठनबाट बञ्चित गराउँदैआएका छन् ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, शिक्षा / स्वास्थ्य

तपाईको कमेन्ट लेख्नुहोस्