Techie IT
Mission Khabar

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण कोरोनाका कारण स्थगित


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण स्थगित भएको छ । प्रधानमन्त्री देउवा सहभागी हुने भनिएको भाइब्रेन्ट गुजरात ग्लोबल समिट’ कार्यक्रम कोरोनाका कारण स्थगित भएपछि प्रधानमन्त्री देउवाको भ्रमण तत्कालका लागि स्थगित भएको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिएकी हुन ।

आउँदो सोमवार र मङ्गलवार गुजरातको गान्धीनगरमा हुने समिटमा पाँच देशका राष्ट्रपति वा प्रधानमन्त्रीका साथै १५ देशका विदेशमन्त्रीसहित उद्योगी, व्यवसायी र बैंकर्सहरू आउने सुनिश्चित भइसकेको थियो । गुजरात सरकारले कोरोनाको बढ्दो सङ्क्रमणलाई जनाउँदै बिहिबार मात्रै कार्यक्रम स्थगित गरेको थियो ।

प्रधानमन्त्री देउवा आउँदो आइतवार काठमाडौंबाट सिधै गुजरात सम्मेलनका पुग्ने र भारतीय समकक्षी नरेन्द्र मोदीलाई भेट्ने कार्यक्रम तय भएको थियो । समिट नहुने भएपछि प्रधानमन्त्री देउवाको भारत भ्रमणसँगै भारतिय प्रधामन्त्री मोदीसँगको भेटवार्ता समेत प्रभावित भएको छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, जनप्रतिनिधि, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्