Techie IT
Mission Khabar

एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई सरकारले ३ लाख आर्थिक सहायता दिने


काठमाडौं । सरकारले एसिड आक्रमणमा परेकी वीरगञ्जकी किशोरी मुस्कान खातुनलाई ३ लाख रुपैयाँ आर्थिक सहायता दिने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बुधबार बसेको मन्त्रिपरिषद बैठकले मुस्कानलाई ३ लाख रुपैयाँ आर्थिक सहायता दिने निर्णय गरेको जानकारि दिएका हुन ।

आफू एसिड आक्रमणमा परेपनि पीडितको पक्षमा दबाब सिर्जना गर्दै खातुन हिंसा रोक्ने सक्रिय अभियानमा लागेकी छिन् । खातुन लगायतका पीडितहरुको दबाबमा एसिड आक्रमण सम्बन्धी कडा कानुन बनेर कार्यान्वयनमा आएको छ ।


क्याटेगोरी : ओझेलका पात्र, जनचासो / सामाजिक सञ्जाल, जीवन भोगाई, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्