Techie IT
Mission Khabar

बालुवाटार जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा


काठमाडौं । ललिता निवास जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा पुगेको छ । बालुवाटारमा रहेको ललिता निवास जग्गा प्रकरणको अध्ययन प्रतिवेदन बिहीवार केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौैंलाई बुझाएको हो ।

ललिता निवासको सरकारी जग्गालाई किर्ते गरी बेचबिखनमा संलग्न रहेको आरोपमा ब्युरोले तीन सय जनाभन्दा बढीलाई प्रतिवादी बनाएर अनुसन्धान प्रतिवेदन तयार पारेको छ । अधिकांश प्रतिवादीलाई पक्राउ गर्ने अनुमती समेत सीआईबीले पाइसकेको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका सहन्यायाधिवक्ता गंगाप्रसाद पौडेलले प्रतिवेदन कार्यालयमा आइपुगेको जानकारि दिए ।

सरकारी वकिल कार्यालयले प्रतिवेदन अध्ययन गर्न सरकारी वकिल तोक्ने र आवश्यक प्रक्रिया अगाडि बढाउने जनाएको छ । अनुसन्धान प्रतिवेदन अध्ययन गरेपछि अनुसन्धान पूरा भएको अवस्था भयो भने चाहिँ मुद्दा चल्ने, नचल्ने निर्णय हुने छ । चल्ने निर्णय भयो भने अभियोगपत्र तयार भएर अदालत जाने भएकाले प्रतिवादी घटबढ हुनसक्ने सरकारी वकिल कार्यालयले जानकारि दिएको छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्