Techie IT
Mission Khabar

सहकारीलाई पैसा ब्याजमा लगानी गरेर खाने बैंक जस्तो बन्न दिइदैन मन्त्री श्रेष्ठ


काठमाडौं । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सहकारीको ब्याजदर कुनैपनि हालतमा नबढ्ने ठोकुवा गरेकि छन् । सहकारी क्षेत्रमा ब्याजदर वृद्धिको चर्चा चलिरहेकै बेला मन्त्री श्रेष्ठले कर्जाको ब्याजदर घटाएर सदस्य लगानीकर्ताहरुलाई सुविधा दिनुपर्नेमा जोड दिएकि हुन् ।

शुक्रबार नेपाल सहकारी पत्रकार समाज (सीजेएन) को ११ औं वार्षिक साधारणसभामा बोल्दै मन्त्री श्रेष्ठले पछिल्ला दिनहरुमा सहकारी संघ संस्थाहरु पैसा ब्याजमा लगानी गरेर खाने बैंक जस्तो भएको दाबी गर्दै यस्तो कदापी हुन नदिने बताइन् । ‘पछिल्ला दिनहरुमा सहकारी उद्देश्यविहीन जस्तै भएका छन् । सहकारीको मर्म के हो ? उद्देश्य तथा लक्ष्य के हो ? सहकारीको बाटो एकातिर छ तर संस्थाहरुको गन्तव्य अर्कै तिर भइरहेको छ । यसलाई रोक्न आवश्यक छ’, मन्त्री श्रेष्ठले भनेकि छन् । सहकारी संघ संस्थाहरु सदस्यहरुको वृद्धि विकासमा भन्दा पनि नाफा कमाउनेतर्फ उद्धत भएकोतर्फ संकेत गर्दै मन्त्री श्रेष्ठले ब्याजदरमा कसेर सदस्य ठग्ने सहकारीको काम नभएको र त्यस्तो हुन नदिइने बताइन् । सन्दर्भ ब्याजदरकै विषयमा बोल्दै मन्त्री श्रेष्ठले बढाउने भन्दा पनि बरु घटाउनुपर्ने धारणा राखेकि थिइन् ।

हाल सहकारीको सन्दर्भ ब्याजदर १४.७५ प्रतिशत कायम रहेको छ । बजारमा तरलता अभावको संकट पर्न थाले पनि सहकारी अभियन्ताहरु उक्त सन्दर्भ ब्याजदरलाई समय सापेक्षा अब कम्तिमा पनि २ प्रतिशत वृद्धि गर्नुपर्ने माग गरिरहेका छन् । तर कतिपय सहकारीले सरकारले तोकेको भन्दा चर्को ब्याजदरमा बचत संकलन र ऋण लगानी गरिरहेका छन् ।


क्याटेगोरी : अर्थ / रोजगार, कृषी / उद्यम, जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्