Techie IT
Mission Khabar

कोरोना संक्रमण बढ्न नदिन प्रधानमन्त्री देउवाको निर्देशन, स्मार्ट लकडाउनको गृहकार्य !


काठमाडौं । कोरोना महामारिले तिब्रता पाएसँगै सरकार स्मार्ट लकडाउनको गृहकार्यमा जुटेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार कोरोना संक्रमण बढन नदिन उच्च सतर्कता अपनाउन सम्बन्धित निकायलाई निर्देशन नै दिएका छन् ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको बैठकमा प्रधानमन्त्री देउवाले ओमिक्रोन भेरियन्टको संक्रमण बढन नदिन र संक्रमितहरुको परीक्षण तथा उपचारमा विशेष ध्यान दिन सरोकारवालालाई निर्देशन दिएका हुन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले सीमा नाकाहरुलाई चुस्तदुरुस्त बनाउन तथा कोभिड–१९ विरुद्ध खोप लगाउने कामलाई अझ तीव्रता दिन प्रधानमन्त्रीले निर्देशन दिएको जानकारी दिएका छन् । बैठकमा ओमिक्रोन भेरियन्टको संक्रमणदर बढ्दै गएमा स्मार्ट लकडाउन गर्ने विषयमा समेत छलफल भएको बताइएको छ ।

संक्रमितहरुको संख्या बढेर गएमा भीडभाड हुने सिनेमा हल, हिउँदे बिदालाई ध्यानमा दिएर विद्यालयहरु बन्द गर्ने जस्ता स्मार्ट लकडाउनका विषयमा छलफल गरिएको स्वास्थ्यमन्त्री खतिवडाले जानकारि दिए । कोरोना महामारिले तिब्रता पाएको अवस्थामा सीसीएमसी बैठकले तेस्रो चरणको बुस्टर डोज खोप पनि अघि बढाउने अनुमति दिएको छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, शिक्षा / स्वास्थ्य

तपाईको कमेन्ट लेख्नुहोस्