Techie IT
Mission Khabar

निजी क्षेत्रलाई पनि बिजुली व्यापारको अनुमति दिने तयारीमा सरकार !


काठमाडौं । सरकारले निजी क्षेत्रलाई पनि बिजुली व्यापारको अनुमति दिनेगरि तयारीलाई तिब्रता दिएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्थाले आयोजना गरेको कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले अन्तरदेशीय बिजुली व्यापारमा सहयोग पुर्‍याउनका लागि सरकारले निजी क्षेत्रलाई अनुमति दिने तयारी गरेको बताएकी हुन ।

सरकारले नेपाल विद्युत् व्यापार कम्पनीलाई अन्तरदेशीय बिजुली व्यापारका लागि अनुमति दिइसकेको दाबी गर्दै मन्त्री भुसालले निजी क्षेत्रलाई बिजुली व्यापारको अनुमति दिने सम्बन्धी कार्यविधिको खाका तयार गरिरहेको जानकारि दिइन । सरोकारवाला निकायसँग छलफल गरिने उल्लेख गर्दै मन्त्री भुषालले भनिन्– ‘भर्खरै सरकारले नेपाल विद्युत् व्यापार कम्पनीलाई अन्तरदेशीय बिजुली व्यापारको अनुमति प्रदान गरेको छ । मन्त्रालय अन्तरदेशीय बिजुली व्यापारमा सहयोग पुगोस् भनेर निजी क्षेत्रलाई पनि बिजुली व्यापारका लागि अनुमति दिने तयारीमा छ । बिजुली व्यापारमा सरकारी र निजी क्षेत्रको निरन्तर पहलकदमीबाट हामीले सफलता प्राप्त गर्नेछौँ भन्ने मैले विश्वास लिएको छु ।’

सरकारको पहिलो प्राथमिकता बिजुली खपतलाई बढाउँदै लैजानु भएको मन्त्री भुसालले बताइन् । देशको समृद्धिका लागि बिजुलीको उत्पादन र खपत बढाउनुपर्नेमा जोड दिएकी मन्त्री भुषालले देशको प्रतिव्यक्ति बिजुली खपत न्यून रहेकाले कम्तीमा त्यसलाई सात सय युनिट पुर्‍याउनुपर्ने धारणा राखेकी थिइन् । बिजुली खपतलाई बढाउनका लागि सरकारले विद्युतीय चुलोको प्रयोग र विद्युतीय सवारीसाधनको प्रवर्द्धन गर्ने नीति अख्तियारी गर्दै आएको छ ।


क्याटेगोरी : अर्थ / रोजगार, जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्