Techie IT
Mission Khabar

एमालेको प्रदेश अधिवेशन २० दिन पछि सर्यो, अब माघ २८ र २९ मा हुने


काठमाडौं । नेकपा एमालेको प्रदेश अधिवेशन २० दिन पछि धकेलिएको छ । माघ ८ गतेका लागि तोकिएको सबै प्रदेशको अधिवेशन माघ २८ र २९ गतेका लागि सारिएको हो ।

नेकपा एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले केही जिल्लाको अधिवेशन नसकिने भएको र कोरोना महामारी पनि फैलिएकाले अधिवेशन सारिएको जानकारि दिए । २० दिन पछि सारिएको महाधिवेशन समेत अब बढ्ने कोरोनाको अवस्थाका आधारमा निर्धारण हुनेछ ।

सरकारले कोरोनाको बढ्दो संक्रमण रोक्न भीडभाडयुक्त गतिबिधि नगर्न सचेत गराएपनि राजनीतिक गतिबिधिले निरन्तरता पाउँदैआएका छन् । भर्खरै अधिकांश जिल्ला अधिबेशन सम्पन्न गरेको एमालेले आलोचनाबाट बच्न समेत प्रदेश अधिबेशन पछि सारेको आँकलन गरिएको छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, जनप्रतिनिधि, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्