Techie IT
Mission Khabar

बतास ठेक्का प्रकरण : कार्यकारी निर्देशक भेषनारायण दाहालले दिए राजीनामा !


काठमाडौं । ठेक्काको बिवादमा मुछिएसँगै नारायणहिटी दरबार संग्राहलय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले राजीनामा दिएका छन् ।

नारायणहिटी दरबार परिसरको जग्गा बतास समूहलाई ठेक्कामा दिएको विषयमा छानविन गर्न मन्त्रालयले बनाएको समितिले कार्यकारी निर्देशक दाहालाई कारबाही गर्न सिफारिस गरेसँगै राजिनामा आएको हो । हिजोमात्रै छानविन समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेम आले समक्ष अध्ययन प्रतिवेदन बुझाएको थियो ।

प्रतिवेदनमा अधिकार क्षेत्रभन्दा बाहिर गएर भुमिका खेलेको भन्दै दाहालमाथी कारबाहीको माग गरिएको छ । यता, दाहालले पनि सञ्चालन समितिको कार्यकारी निर्देशकबाट राजीनामा दिएको पुष्टि गरेका छन्।  निर्देशक दाहालले दिएको राजीनामा स्वीकृत भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले जानकारी दिएका छन्।

प्रतिवेदनमा मन्त्रालयका सचिव, मन्त्री लगायतका उच्च पदस्थहरुको भूमिका बारे भने मौनता साधिएको छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, जीवन भोगाई, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्