Techie IT
Mission Khabar

काठमाडौं उपत्यकामा स्मार्ट लकडाउनका लागि सर्कुलर, आर्थिक गतिविधि र आवागमन नरोकिने


काठमाडौं । कोरोना संक्रमण बढेसँगै स्थानीय प्रशासनमार्फत काठमाडौं उपत्यकामा कडाइ गर्न थालिएको छ । आजबाट माघ १५ गतेसम्मका लागि विद्यालय बन्द गरिएको छ भने माक्सलाई अनिवार्य गर्दै जनस्वास्थ्यका मापदण्डको पालनामा कडाई गर्न थालिएको छ ।

मंगलबार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले स्मार्ट लकडाउन सहित ​ कडाइ गर्ने निर्णय गरेको छ । ललितपुरका सीडीओ घनश्याम उपाध्यायले सीसीएमसीसी र गृह मन्त्रालयको सर्कुलर अनुसार आर्थिक गतिविधि र आवागमन नरोक्ने गरी ‘स्मार्ट लकडाउन’ कार्यविधिअनुसारको आदेश जारी भएको जानकारि दिए ।

सूचनाअनुसार सार्वजनिक स्थलमा मास्क अनिवार्य गर्दै जनस्वास्थ्यका मापदण्डको पालना गर्ने गराउने, भीडभाड तथा राजनीतिक गतिविधिमा रोक लगाउने, सार्वजनिक ठाउँमा २५ जना भन्दा बढी भेला हुन रोक लगाउने, सार्वजनिक स्थलमा जाँदा माघ ७ देखि खोप लगाएको कार्ड देखाउनुपर्ने आदेशमा उल्लेख छ ।

‘स्मार्ट लकडाउन’ आदेश


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्