Techie IT
Mission Khabar

तीनदिनसम्म मौसममा आंशिक देखि सामान्य बदली रहने, यी प्रदेशमा वर्षा र हिमपात !


काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव कायमै रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश १ र प्रदेश २ लगायत पहाडी भू–भागहरूमा आंशिक देखि सामान्य बदली रहेको छ र बाँकी स्थानहरूमा आंशिक बदली देखिएको हो ।

आज सुदूर पश्चिम प्रदेशमा आंशिक बदली रहनेछ र बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहने मौसमविद्ले जानकारि दिएका छन् । प्रदेश १, प्रदेश २, बागमती प्रदेश ,गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

बिहीबार देशभर आंशिक बदली रहने आँकलन गरिएको छ। अपराह्न पछाडि प्रदेश १ र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। यस्तै, शुक्रबार देशभर आंशिक बदली रहने पूर्वानुमान गरेको महाशाखाले अपराह्न पछाडि प्रदेश १ र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा फाटफुट रहल्का हिमपातको सम्भावना रहेको जनाएको छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश


तपाईको कमेन्ट लेख्नुहोस्