Techie IT
Mission Khabar

लोकसेवाले गर्यो एकै पटक अढाई सय नायब सुब्बाका लागि दरखास्त आह्वान, माघ १८ सम्मको समयसिमा


काठमाडौं । लोक सेवा आयोगले राजपत्र अनंकित प्रथम श्रेणी (अप्राविधक) नायव सुब्बा पदका लागि करिब अढाई सय जनाको दरखास्त आह्वान गरेको छ। आयोगले बुधबार सूचना जारी गर्दै विभिन्न सेवा समूहका लागि खुला तथा समावेशी पदको विज्ञापन मार्फत करिब अढाई सय नासु माग गरेको हो।

दरखास्तका लागि अन्तिम समयसिमा माघ १८ गतेसम्म राखिएको छ । दोब्बर दस्तुरमा माघ २५ गतेसम्म दरखास्त दिन सकिने आयोगले जारी गरेको सूचनामा जनाइएको छ। दरखास्त http://psconline.psc.gov.np/बाट पनि दिन सकिने जनाइएको छ। दरखास्तका लागि १७ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ। महिला तथा अपांगता भएकाहरूको हकमा भने ४० वर्ष ननाघेकाहरुले दराखास्त दिन सक्नेछन् ।

यस्तो छ लोकसेवाको सूचना :


क्याटेगोरी : अर्थ / रोजगार, जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्