Techie IT
Mission Khabar

‘लगातारको बुस्टर डोजले रोग प्रतिरोधात्मक क्षमता घटाउँछ’: युरोपेली मेडिकल नियामक निकाय


एजेन्सी । युरोपेली संघअन्तर्गतको स्वास्थ्यसम्बन्धी नियामक निकायले कोभिडविरुद्ध दिइने लगातारको बुस्टर डोजले रोग प्रतिरोधात्मक क्षमतामा गम्भीर असर गर्ने चेतावनी दिएको छ । युरोपेली मेडिकल नियामक निकायले लामो समयको अन्तर पारेर बुस्टर डोज दिन सम्बन्धित मूलुकहरूलाई अनुरोध गर्दै लगातारको बुस्टरडोजले गम्भिर असर पर्ने चेतावनी दिएको हो ।

ओमिक्रोनका कारण सङ्क्रमितको सङ्ख्या बढेपछि विभिन्न देशहरूले दोस्रो बुस्टर डोज दिने तयारी गरिरहेकै बेला युरोपेली युनियनको यस्तो सुझाव सार्वजनिक भएको हो । “हरेक चार महिना बारम्बार दिइने बुस्टर डोजले रोग प्रतिरोध प्रणालीलाई कमजोर बनाउँछ,” युरोपेली मेडिलक नियामक निकायले भनेको छ । यसै महिनाबाट इजरायलले ६० वर्षमाथिका बृद्धबद्धालाई दोस्रो बुस्टर डोज दिने तयारी गरेको छ । बेलायतले पनि कोभिडबाट नागरिकको रक्षार्थका लागि भन्दै दोसो बुस्टर डोज दिने तयारी गरिरहेको छ । अमेरिका, फ्रान्सलगायतका देशमा पनि दोस्रो बुस्टर डोज लगाउनुपर्ने आवाज उठिरहेको छ ।

युरोपपछि अहिले अमेरिकामा सङ्क्रमितको सङ्ख्यामा तीव्र बृद्धि देखिएको छ । सङ्क्रमित बढे पनि तत्काल प्रतिबन्धात्मक व्यवस्था भने लागू गरिएका छैनन् । महामारिले तिब्रता पाउँदा जनस्वास्थ्यका मापदण्डको पालना र खोपको प्रयोग बढाउनेतर्फमात्रै अधिकांश राष्ट्रको ध्यान केन्द्रीत भएको छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, शिक्षा / स्वास्थ्य

तपाईको कमेन्ट लेख्नुहोस्