Techie IT
Mission Khabar

अब १८ वर्षमाथिका सबैलाई कोरोनाविरुद्धको बुस्टर डोज, छैन भेरोसेल खोप !


काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्धको पूरा मात्रा खोप लगाएको ६ महिना पुगेका १८ वर्षमाथिका सबैलाई बुस्टर डोज दिने निर्णयसहित परिपत्र जारि गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो श्रृङ्खला खोप लगाएको ६ महिना पूरा भएका १८ वर्ष माथिकालाई बुस्टरको रुपमा कोभिशिल्ड, एस्ट्राजेनेका, मोडर्ना वा फाइजर खोप दिने निर्णयसहित ७७ वटै जिल्लाका स्वास्थ्य कार्यालयलाई परिपत्र गरेको हो ।

मन्त्रालयका जनस्वास्थ्य अधिकृत सञ्जयकुमार महासेठले सबै ७७ जिल्लाका स्वास्थ्य कार्यालयलाई पत्र लेखी बुस्टर डोज खोप दिन आग्रह गरिएको जानकारि दिए । बुस्टर डोज खोप दिँदा अग्रपंक्तिमा खटिनेहरु, ६० वर्षमाथिका ज्येष्ठ नागरिक, दीर्घरोगी, गर्भवती र सामाजिक जनसांख्यिक रुपमा पछाडि पारिएका व्यक्तिहरुलाई प्राथिमकता दिन पनि आग्रह गरिएको छ । स्वास्थ्य मन्त्रालयले कोभिड–१९ संक्रमण भएका व्यक्तिलाई संक्रमणमुक्त भएको एक महिनापछि कोरोना भाइरसविरुद्धको खोप र बुस्टर डोज दिन मिल्ने समेत जानकारि गराएको छ ।

नेपालमा धेरैले चीनियाँ खोप भेरोसेल लगाएका भएपनि यसको अभाव देखिएको छ । कोभिशिल्ड, एस्ट्राजेनेका, मोडर्ना वा फाइजर खोपलाई बुस्टरका रुपमा लगाउन भनिएपनि भेरोसेल लगाएकाहरुको हकमा के गर्ने सरकारले केही खुलाएको छैन ।

यस्तो छ स्वास्थ्यको परिपत्र :

 


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : #एस्ट्राजेनेका, #कोभिशिल्ड, #जनस्वास्थ्य अधिकृत, #जिल्ला स्वास्थ्य कार्यालय, #बुस्टर डोज, #मोडर्ना वा फाइजर, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको कमेन्ट लेख्नुहोस्