Techie IT
Mission Khabar

मौसममा सुधा देखिदै, अब जाडो हटेर गर्मी बढ्ने


काठमाडौं । नेपालको मौसममा पूर्ण रुपमा सुधार देखिन थालेको छ । मौसम पूर्वानुमान महाशाखाले पनि लामो समयको मौसमी अवस्थाको एकिन गर्न बाँकी रहेपनि आगामी तीन दिनसम्मा वर्षा र हिमपातको सम्भावना नभएको जनाएको छ ।

पश्चिमी वायुको सामान्य प्रभाव रहे पनि पहाडी भेगमा आंशिक बदली मात्र रहने आँकलन गरिएको छ । दिउँसो देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । सोमबार राति भने प्रदेश १, बागमती प्रदेशका पहाडी भूभागका आंशिक बदली रहने आँकलन गरिएको छ । नेपालमा केही समय लम्बिएको जाडो सिजन सकिएर गर्मी सुरु हुने आँकलन गर्न थालिएको छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश
ट्याग : #गर्मी, #जाडो हटेर गर्मी बढ्ने, #मौसम पूर्वानुमान महाशाखा, #वर्षा र हिमपात

तपाईको कमेन्ट लेख्नुहोस्