Techie IT
Mission Khabar

तपाई कुखुराको मासुको पारखी हुनुहुन्छ, आजबाट १५ रुपैयाँले बढ्यो बजार मूल्य !


काठमाडौं । कुखुराको मासुको मूल्य प्रतिकिलो १५ रुपैयाँले बढेर ३६० रुपैयाँ पुगेको छ । राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले आज शनिबारदेखि किसानले पाउने मूल्य प्रतिकिलो १० रुपैयाँ र उपभोक्ताले किन्ने मुल्यमा प्रतिकिलो १५ रुपैयाँ बढाउने निर्णय गरेको हो ।

मूल्य बढेसँगै किसानले अब प्रतिकिलो जिउँदो कुखुराको मूल्य २६० रुपैयाँ पाउने भएका छन् । संघका अनुसार उपत्यकामा कुखुराको मासुको मूल्य प्रतिकिलो ३६० रुपैयाँ पुगेको भएपनि अहिले व्यापारीहरूले ३८० रुपैयाँसम्म लिने गरेको पाइएको छ । राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अध्यक्ष जंगबहादुर बिसीले संघमा आबद्ध कोल्ड स्टोरहरूले तोकेकै मूल्यमा कुखुराको मासु बेच्नुपर्ने बताए ।

‘संघमा आबद्ध नभएका साना खुद्रे पसलेले १०-२० रुपैयाँसम्म बढी लिन सक्छन्,’ ‘तर, ठूला कोल्ड स्टोरमा मासुको मूल्य ३६० रुपैयाँ नै कायम गरिएको छ ।’ चिसो याममा कुखुराको उत्पादन घट्दा मासुको मूल्य बढेको दाबी गरिएको छ ।


क्याटेगोरी : अर्थ / रोजगार, कृषी / उद्यम, जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश
ट्याग : #किसान, #कुखुराको उत्पादन, #कुखुराको मासु, #कोल्ड स्टोर, #मासुको मूल्य, #राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघ

तपाईको कमेन्ट लेख्नुहोस्