Techie IT
Mission Khabar

युक्रेनबाट रहेका ५ सय ११ जना नेपाली सुरक्षित स्थानमा, कहिले आइपुग्छन नेपाल ?


काठमाडौं । युक्रेनबाट पाँच सय ११ जना नेपाली सीमावर्ती छिमेकी देशमा पुगेको परराष्ट्र मन्त्रालयले जानकारि दिएको छ । अहिलेसम्म युक्रेनबाट पोल्यान्डमा चार सय तीन, स्लोभाकियामा ७१, रोमानियामा २७, हङ्गेरीमा ६ तथा मोल्दोभामा ४ जना नेपाली पुगेका छन् ।

उनीहरुलाई भारतीय उडानबाट सुरक्षित तरिकाले स्वदेश ल्याउने तयारीमा सरकार लागेको छ । युक्रेनबाट निस्केका नेपाली नागरिकलाई भारत सरकारबाट सञ्चालित उडानमार्फत ल्याउनका लागि भारत सरकारलाई अनुरोध गरिएको समेत परराष्ट्र मन्त्रालयले जानकारि दिएको छ । उद्धारका लागि भारतबाट सकारात्मक जवाफ प्राप्त भएको र युक्रेनको सुरक्षा अवस्थालाई ध्यानमा राखेर त्यहाँ रहेका नेपालीलाई सुरक्षित ठाउँमा पुर्याउन र देश फर्काउन पनि सहजीकरण भइरहेको परराष्ट्र मन्त्रालयले जानकारि दिएको छ ।

उद्धार कार्यमा बर्लिनमा रहेको नेपाली राजदूतावास र मस्कोमा रहेको नेपाली राजदूतावासलाई परिचालन गरिएको छ । युक्रेनको विभिन्न ठाउँमा रहेका बाँकी केही नेपाली पनि तुलनात्मक रुपमा सुरक्षित रहेको र पश्चिम क्षेत्रतर्फ जाँदै गरेको बताइएको छ । उद्धार र राहत कार्यमा समन्वय गर्न नेपाली राजदूतको अध्यक्षतामा गैरआवासीय नेपाली सङ्घका उपाध्यक्ष सम्मिलित एक कार्यसमिति गठन गरेर काम भैरहेको छ ।


क्याटेगोरी : अर्थ / रोजगार, ओझेलका पात्र, जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश
ट्याग : #नेपाली राजदूतावास, #परराष्ट्र मन्त्रालय, #पोल्यान्ड, #मोल्दोभा, #युक्रेन, #युक्रेनको सुरक्षा अवस्था, #रोमानिया, #स्लोभाकिया, #हङ्गेरी

तपाईको कमेन्ट लेख्नुहोस्