Techie IT
Mission Khabar

एनआरएनएका तीन अध्यक्षले गरे पदबहाली, लामिछाने र घलेको द्धन्द्धले फुट !


काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित तीन जना अध्यक्षहरू कुल आचार्य, डा. बद्री केसी र रबिना थापाले पदबहाली गरेका छन् । संघको केन्द्रीय कार्यालयमा सोमबार निवर्तमान अध्यक्ष कुमार पन्तले तीनै जना अध्यक्षहरूलाई खादा र माला लगाइदिएर पदबहाली गराएका हुन् ।

पदबहाली गराउँदै निवर्तमान अध्यक्ष पन्तले अध्यक्षहरूलाई एकताबद्ध भएर आफ्नो कार्यकाल सफल बनाउन आग्रह गरेका छन्। संघका नवनिर्वाचित पदाधिकारीहरू समेत पदबहाली समारोहमा उपस्थित थिए । आइतबार अबेर संघको दशौँ महाधिवेशनले सर्वसम्मतिको आधारमा नयाँ कार्यसमिति चयन गरेको थियो । संघका पदाधिकारीहरूले सोमबार बिहान पशुपति क्षेत्रमा पुगेर पूजा अर्चना गरेका थिए । सोमबार बालुवाटारस्थित संघको केन्द्रीय कार्यालयमा नवनिर्वाचित पदाधिकारीहरूले समेत पद तथा गोपनियताको शपथ लिएका छन् ।

यसअघि नै एनआरएनएका संरक्षक समेत रहेका पूर्वअध्यक्ष शेष घले समूहले विश्व सम्मेलन मार्फत नयाँ कार्यसमिति चयन गरिसकेको छ । योसँगै अब गैह्र आवासीय नेपाली संघ एनआरएनए समेत बिभाजित भएको छ । शेष घलेले राजनीति मुक्त सामाजिक संस्थाका रुपमा एनआरएनएलाई अघि बढाउन पहल गर्दैआएपनि अन्य पदाधीकारिहरुले राजनीति गर्ने माध्यमका रुपमा एनआरएनएलाई बिवादमा पारेर फुटाएको चर्चा चलिरहेको छ ।

घले नेतृत्वको सम्मेलनले विनोद कुँवरको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । प्रवक्ता कृष्ण केसीले एनआरएनएको बिधान अनुसारको मुलधार आफूहरुसँग रहेको बताएका छन् ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्