Techie IT
Mission Khabar

नेपालमा स्थायी लेखा नम्बर प्यान लिनेको सङ्ख्या ४७ लाख हाराहारी, पारदर्शी बन्दै नागरिक !


काठमाडौं । नेपालमा स्थायी लेखा नम्बर प्यान लिनेको सङ्ख्या ४७ लाख पुग्न लागेको छ । अर्थ मन्त्रालयका अनुसार अहिलेसम्म ४६ लाख ७४ हजार दुई सय जनाले प्यान लिएका हुन् ।

यसरी लिइएका प्यानमध्ये २९ लाख ४ हजार ७ सय जनाले व्यक्तिगत, १७ लाख ५३ हजार ६ सय जनाले व्यावसायिक र १५ हजार सात सय जनाले अग्रिम करकट्टी प्रयोजनको लागि लिएको पाइएको छ । यो विवरणले नेपालमा प्यान मार्फत आफ्नो आर्थिक कारोबार गर्नेहरु बढ्न थालेको देखिएको छ । हरेक व्यक्तिले गर्ने आर्थिक कारोबार प्यान कार्ड मार्फत भएमा पारदर्शी हुने र राज्यको संयन्त्रमा रेकर्ड हुने गर्दछ ।

यस्तै, चैतसम्म दुई लाख ९० हजार करदाता भ्याटमा दर्ता भएका छन् भने एक लाख १४ हजार आठ सय करदता अन्तः शुल्कमा दर्ता भएको अर्थ मन्त्रालयले जानकारि दिएको छ ।


क्याटेगोरी : कृषी / उद्यम, जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्