Techie IT
Mission Khabar

गोदावरी–१४ मा रोचक प्रतिस्पर्धा, चर्चामा वडा सदस्यका उम्मेदवार कृष्णमुकुन्द !


ललितपुर । देशका ७५३ वटा पालिकामा एकैसाथ हुने चुनावको मतदानका लागि अब ५ दिन मात्रै बाँकी छ । यतिबेला उम्मेदवारहरु आफ्नो घोषणा पत्रसहित मतदातासँग भोट माग्ने घरदैलो अभियानमा व्यस्त छन् । देशका हरेक स्थानीय तह जस्तै गोदावरी नगरपालिकामा पनि चुनावी सरगर्मी बढेको छ ।

गोदवरीको वडा नम्बर १४ मा यतिबेला माओवादी केन्द्रले बलियो उपस्थितिसहित घरदौलो अभियान गरिरहेको छ । यहाँ विगतको विरासत जोगाउने योजनासहित माओवादी केन्द्रका उम्मेदवारहरु मैदानमा छन् । वडा अध्यक्षका रुपमा राजकपुर नापितको नेतृत्वमा रहेको प्यानलमा वडा सदस्यका रुपमा चुनावी मैदानमा छन, नयाँ अनुहार कृष्णमुकुन्द महर्जन । महर्जन व्यवसायका साथै समाजका विभिन्न गतिबिधिमा सक्रिय हुँदैआएका व्यक्ति हुन । सडक पूर्वाधारको विकासमा होस् वा खानेपानीको विकास र वितरण जहाँ समस्या पर्दा पनि अग्रमोर्चामा उभिएर खबरदारी गर्दै आएका छन, कृष्णमुकुन्दले । अरुलाई खबरदारी गर्ने, यो भएन त्यो भएन भन्दै औँला उठाउने भन्दा आफै मैदानमा उभिएर वडावासीको सेवा गर्न सहज हुने ठानेर आफू चुनावमा होमिएको महर्जन बताउँछन् । चाहे सातदोबाटो—गोदावरी सडक विस्तार र कालोपत्रेमा ढिलाई हुँदा होस वा जात्रा पर्वको जगेर्नामा उनै महर्जनको सक्रियता लोभलाग्दो देखिने गरेको छ ।

उद्यमशिल बनेर राजनीतिलाई सेवाका रुपमा अघि बढाउनुपर्छ भन्ने महर्जनको उम्मेदवारीका कारण गोदावरी–१४ को चुनावी माहौँल तातिएको छ । हुन त नापित नेतृत्वको वडाको प्यानलमा अर्का सदस्य गोपाल मर्जन, महिला सदस्य द्रोपती श्रेष्ठ र दलित महिला सदस्य लक्ष्मी परियार चुनावी मौदानमा छन् । यी सबै वडाका मतदाताबाट अनुमोदन हुने विश्वाससहित घरदौलोमा छन् ।

यस्तो छ गोदावरी—१४ मा माओवादी केन्द्रको प्रतिबद्धता


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, जनप्रतिनिधि, देश / प्रदेश
ट्याग : #कृष्णमुकुन्द महर्जन, #गोदवरी वडा नम्बर १४, #गोदावरी नगरपालिका, #गोपाल मर्जन, #घोषणा पत्र, #चुनाव, #द्रोपती श्रेष्ठ, #लक्ष्मी परियार, #वडा अध्यक्ष राजकपुर नापित

तपाईको कमेन्ट लेख्नुहोस्