Techie IT
Mission Khabar

चुनावी उपहार : पेट्रोल, डिजल, मट्टीतेल र हवाई इन्धनसँगै बढ्यो ग्याँसको मुल्य !


काठमाडौं । स्थानीय तह निर्वाचनको मतदानदेखी मतगणनासम्मको १० दिनमै पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर २० रुपैयाँले महंगी थपिएको छ । नेपाल आयल निगमले (आज) आइतवार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

निगमले पेट्रोल, डिजल, मट्टीतेल र हवाई इन्धन (आन्तरिक) मा प्रतिलिटर १० रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर दुई सय रुपैयाँ मुल्य बढाएको छ । अब आम उपभोक्ताले पेट्रोलको मूल्य प्रतिलिटर १ सय ८०, डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर १ सय ६३, हवाई इन्धनको मूल्य प्रतिलिटर १ सय ६६ र एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १ हजार ८ सय रुपैयाँ तिर्नुपर्ने भएको छ ।

निगमले यसअघि गएको वैशाख ३१ गते पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँ मुल्य बढाएको थियो । देशभरका ७५३ स्थानीय तहको नेतृत्व छान्न मतदान भएकै दिन पेट्रोलियम पदार्थको मुल्य बढाइएको भन्दै सरकारको चर्को आलोचना भएको थियो ।


क्याटेगोरी : अर्थ / रोजगार, जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्