Techie IT
Mission Khabar

पेट्रोलमा प्रतिलितर २१ र डिजेलमा २७ रुपैयाँ मूल्य वृद्धि, अब कहाँ कहाँ बढ्छ महंगी ?


काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य एकैपटक भारी मात्रामा बढाएको छ । आइतबार राति १२ बजेदेखि लागु हुने गरि पेट्रोलमा प्रतिलितर २१ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर २७ रुपैयाँ मूल्य वृद्धि गरिएको हो ।

नेपाल आयल निगमले एकैपटक यति धेरै प्रतिलिटर मूल्य वृद्धि गरेको यो नै पहिला पटक हो । खाना पकाउने एलपीजी ग्यासको मूल्य भने पुरानै यथावत छ । अब आजबाट पेट्रोल भर्नेहरुले प्रतिलिटर १९९ रुपैयाँ, डिजल र मट्टितेल खरिद गर्नेहरुले प्रतिलिटर १९२ रुपैयाँ तिर्नुपर्नेछ । बारम्बार बढिरहेको पेट्रोलियम पदार्थको मूल्य बृद्धिको मार उपभोक्ताले योसंगै अन्य क्षेत्रमा समेत ब्यहोर्नुपरेको छ । यातायातका साधन प्रयोगमा भाडादर बढ्नेछ भने आयात महंगीदा उपभोग्य सामाग्रिको मूल्य पनि बढ्नेछ ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको आधारमा मूल्य समायोजन गरिएको भनिएपनि नेपालमा विभिन्न शिर्षकमा जोडिने अतिरिक्त करका कारण समेत उपभोक्ताहरु महंगिको मारमा पर्दैआएका छन् ।


क्याटेगोरी : अर्थ / रोजगार, जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश
ट्याग : #खाना पकाउने एलपीजी ग्यास, #डिजेल, #नेपाल आयल निगम, #पेट्रोल, #पेट्रोलियम पदार्थको मूल्य, #मट्टितेल

तपाईको कमेन्ट लेख्नुहोस्