Techie IT
Mission Khabar

खेतबारीबाटै राम्रो मूल्यमा बन्दा बिक्रि भएपछि तेह्रथुम र धनकुटाका किसान खुशी !


काठमाडौं, तेह्रथुम । तेह्रथुम र धनकुटामा उत्पादित बन्दाले राम्रो मूल्य पाएपछि स्थानीय किसान खुशी भएका छन् । गत वर्ष ५ रुपैयाँमा बिक्री भएको बन्दा अहिले २५ रुपैयाँसम्म बिक्री हुन थालेसँगै किसानमा खुशी छाएको हो ।

श्रम र लगानी गरेको बन्दा खेतीले राम्रो मूल्य पाएसँगै कृषक हर्षित भएका छन् । गाउँगाउँमा सडक सञ्जाल जोडिएसँगै फस्टाएको तरकारी खेती कृषकको मुख्य आम्दानीको स्रोत बन्न थालेको छ । अन्नबाली मास्दै तरकारी बाली रोजेका कृषकले तरकारी बिक्रीबाट मात्रै वर्षेनी लाखौं रुपैयाँ आम्दानी गर्न थालेका छन् । महालक्ष्मी नगरपालिकाकी रेनुका कटुवालले गत वर्ष लागनी मात्रै उठेको भएपनि यसवर्ष भने बन्दा बिक्री गरेर मात्रै ६ लाख रुपैयाँ आम्दानी गरेको बताइन् ।

व्यापारीले यतिबेला कृषकले उत्पादन गरेको बारीमै पुगेर बन्दा निर्यात गर्दै आएका छन् । पूर्वीतराई, भारतको सिक्किम र दार्जिलिङ लगायतका स्थानमा यहाँ उत्पादन भएको तरकारी निर्यात हुँदै आएको छ । कृषकले १ देखि ५० रोपनीको क्षेत्रफलमा तरकारी खेती गर्दै आएका छन् । व्यापारको सुनिश्चितता भएपछि स्थानीय तरकारी खेतीतर्फ आकर्षित हुने क्रम बढ्न थालेको छ ।


क्याटेगोरी : अर्थ / रोजगार, कृषी / उद्यम, जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्