Techie IT
Mission Khabar

भोलीदेखी मौसममा सुधार हुने, आज कुन कुन प्रदेशमा ठूलो पानी पर्दैछ ?


काठमाडौं । आज पनि देशका धेरै ठाउँमा पानी पर्ने अनुमान गरिएको छ । विहानदेखी नै कतिपय स्थानमा हल्कादेखी मध्यम वर्ष भएको छ भने दिउँसो प्रदेश–१, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जानकारि दिएको हो ।

यी प्रदेश बाहेकका बाँकी ठाउँमा पनि हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ । आज राति वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएको छ । मनसुनी वर्षाका कारण पहाडी र नदीतटिय क्षेत्रमा जोखिम हुने भन्दै सतर्कता अपनाउन सबैलाई आग्रह गरिएको छ ।

भोलिदेखि भने मौसम खुल्दै जाने मौसमविद्ले जानकारि दिएका छन् । मनसुनको न्यून चापीय रेखा माथि अर्थात भारततिर सर्ने सम्भावना रहेकाले मनसुन केही कमजोर हुने मौसमविद् मञ्जु बासीले जानकारि दिइन् । केही दिनयता मनसुनको न्यून चापीय रेखा नेपाल नजिक रहेकाले देशैभर पानी परिरहेको छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्