Techie IT
Mission Khabar

नेपाली कारखानाका विदेशी कामदार हटाए नेपालीलाई राख्न संसदीय समितिको निर्देशन !


काठमाडौं । नेपाली कारखानामा राखिएका विदेशी कामदार हटाएर नेपाली कामदारलाई नै राख्न संसदीय समितिले निर्देशन दिएको छ । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले विभिन्न कारखानामा विदेशी कामदार रहेको गुनासो बारे छलफल गर्दै यस्तो निर्देशन दिएको हो ।

श्रम विभागमार्फत त्यसको अनुगमन गरी लागत संकलन गरेर विदेशी कामदारको स्थानमा स्वदेशी कामदार राख्ने सम्बन्धमा आपसी सहयोग आवश्यक परेमा समितिका सदस्यलाईसमेत सहभागी गराउन समितिको निर्देशनमा भनिएको छ । समिति सभापती विमलप्रसाद श्रीवास्तवले नेपाली कारखानाको अनुगमन गरी विदेशी कामदारको लगत संकलन गर्न पनि श्रम तथा व्यवसायजन्य सुरक्षा विभागलाई निर्देशन दिइएको बताए ।

समितिले उद्योग र भौतिक पूर्वाधार मन्त्रालय तथा अन्य निकायसँग समन्वय गरी उद्योगका मजदुरको समस्या समाधान गर्न समेत श्रम मन्त्रालयलाई निर्देशन दिएको छ । समितिले कतार, इजरायल तथा दक्षिण कोरियाको रोजगारीका विषयमा श्रम मन्त्रालयले अहिलेसम्म गरेका कामको प्रगति विवरण समेत मागेको छ ।


क्याटेगोरी : अर्थ / रोजगार, जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्