Techie IT
Mission Khabar

उपसचिव प्रमोद नेपाल घुस रकमसहित अख्तियारको फन्दामा, के होला त कानुनी कारबाही ?


काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन् । अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले उपसचिव नेपाल नक्साल नागपोखरीको एक होटलबाट रंगेहात पक्राउ परेको जानकारी दिएका हुन।

६ लाख घुस सहित पक्राउ परेका उपसचिव नेपालले प्रयोग गरेको बा १ झ ९९ ४६ नम्बरको सरकारी गाडी अनुसन्धानका लागि भन्दै अख्तियारको टोलीले नियन्त्रणमा लिएपछि थप १६ लाख फेला परेको थियो । बरामद भएको नगद रकमबारे छानबिन शुरु गरिएको प्रवक्ता भण्डारीले जानकारी दिए । पर्यटन व्यवसाय दर्ताका लागि घुस मागेको आरोपमा उनीविरुद्ध अख्तियारमा उजुरी परेको थियो । उजुरीपछि गरिएको निगरानीका क्रममा अख्तियारको टोलीले घुस सहित पक्राउ गरेको बताइएको छ । नेपाल मन्त्रालयको हवाई उद्योग तथा अन्तर्राष्ट्रिय सम्बन्ध शाखाको प्रमुखको जिम्मेवारीमा कार्यरत थिए ।

रंगेहात पक्राउ गरेका उपसचिव नेपालमाथी थप कानुनी कारबाहीसहितको अनुसन्धान अघि बढाएको अख्तियारले सप्रमाण यो मुद्धालाई विशेष अदालतमा पेश गर्ने छ । विशेषको फैशलाका आधारमा उनीमाथी बिगो र जरिवाना भराउने कारबाही हुनेछ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, विश्व / विविध

तपाईको कमेन्ट लेख्नुहोस्