Techie IT
Mission Khabar

किन काठमाडौं महानगरका मेयर बालेनविरुद्ध घोचपेच गर्दैछन धरान उपमहानगरका मेयर हर्क ?


काठमाडौं । गत बैशाखको स्थानीय तह निर्वाचन भन्दा अघिसम्म धरान उपमहानगरका वर्तमान मेयर हर्क साम्पाङ र काठमाडौं महानगरका मेयर बालेन्द्र साह खासै चर्चामा थिएनन् । हर्क खानेपानी अभियान लगायतका केही अभियानमार्फत स्थानीय स्तरमा खबरदारी गरेर धरानको सिमित स्थानमा र बालेन्द्र र्यापरका रुपमा केही सिमित व्यक्तिहरुमाझ मात्रै परिचित थिए । तर, ५ महिना अघिको चुनावले चर्चासँगै परिचित बनाएका यी दुई पात्र अहिले हर्क भर्सेस बालेन्द्र वारका कारण चर्चामा छन् ।

चार दिन काठमाडौं बसेर धरान फर्केदेखि नै मेयर हर्क साम्पाङ काठमाडौंका मेयर बालेन्द्र साहविरुद्ध घोचपेचपूर्ण स्ट्याटस लेखिरहेका छन् । उनी यतिसम्म लेख्दैछन कि सुतेर बसेका मेयर बालेन्द्रलाई आफूले ब्यूझाएका कारण महिनौँदेखी थुप्रिएको काठमाडौंको फोहोर उठेको हाबादारी दाबी समेत गरिरहेका छन् । सरोकार नै नहुने काठमाडौं महानगर र मेयरलाई घोचपेच गर्दै केहीदिनदेखी स्ट्याटस लेखिरहेका धरानका मेयर साम्पाङले फोहोर व्यवस्थापन नहुँदासम्म आफ्नो प्रहार जारी रहने जिकिर गर्दै सबैले मेयर बालेन्द्रको आलोचना गर्नुपर्छ भनिरहेका छन् । काठमाडौं महानगरका मेयर बालेन्द्र भने आफ्नो हैसियतले नभई तपाईकै लौरो चुनाव चिन्हमा आफूले चुनाव जितेको भन्दै साम्पाङको एउटा स्ट्याटसमा जवाफ फर्काउने बाहेक अरु प्रतिक्रिया दिन हतारिएका छैनन । उनका समर्थक मात्रै साम्पाङको विरुद्धमा खनिएका छन् ।

मेयर साहलाई काठमाडौंको फोहोर व्यवस्थापनको च्यालेन्जले प्रतिक्रिया दिने भन्दा पनि मौन बस्न बाध्य बनाएको छ । महानगरवासीदेखी धरानका मेयर साम्पाङ सम्मको गाली र घोचपेचलाई सहजै पचाएका मेयर साह त आफू केही वर्ष गाली खान तयार रहेको भन्दै ५० औँ वर्षसम्मलाई सुविधा दिने, उपयोगी हुनेखालको दिगो विकासमा अघि बढिरहेको प्रतिक्रिया दिइरहेका छन ।

सामाजिक सञ्जालमार्फत स्ट्याटस लेख्ने मात्रै नभएर भिडियो लाईभ र युट्युब अन्तबार्तामा समेत साम्पाङ काठमाडौंका मेयर बालेन्द्र साहमाथी खनिएका छन् । कहिले जनश्रमदान, कहिले खरो, टर्रो बोलीका कारण त कहिले आफ्नै मोटरसाईकलमा कार्यालय जानेआउने कामबाट चर्चामा छन्, मेयर साम्पाङ । गफ होइन काम गर्नुपर्छ भन्ने उनको फेसबुके स्ट्याटस र हावादारी गफले केही गर्लान भन्ने विश्वास भन्दा पनि बिवादित बनाएको छ । धरानका मेयर साम्पाङ र काठमाडौंका मेयर बालेन्द्रको ब्याटल वार यत्तिमै रोकिने छाटकाँट देखिएको छैन । मेयर बालेन्द्र केही सान्त देखिएपनि साम्पाङको घोचपेचले उनका समर्थकलाई उग्र बनाउँदैछ ।

गफ मात्रै गर्ने राजनीतिक दलका नेतालाई स्वतन्त्रले चुनौती दिदैगर्दा यी दुई चर्चित मेयरको वारले केही सितलता दिएको छ । दिर्घकालिन काम गरेर देखाउने दाबी गर्ने बालेन्द्र र आफू जत्तिको सक्रिय कोही छैन भन्दै फूर्तीफार्ती गर्ने हर्कले स्वतन्त्रले केही गर्न सक्छन भन्ने उदाहरण प्रस्तुत गर्छन वा एकअर्काबिरुद्धको वाकयुद्धको राजनीतिक संस्कारको निरन्तरता चासोका साथ प्रतिक्षा गरिएको छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, जनप्रतिनिधि, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्