Techie IT
Mission Khabar

भदौ १९ गते काठमाडौंमा अष्ट्रेलियन शैक्षिक मेला, अष्ट्रेलियाका २५ विश्वविद्यालय सहभागि हुने !


काठमाडौं । ग्रेस इन्टरनेशनल एजुकेशनले भदौ १९ गते काठमाडौंमा अष्ट्रेलियन शैक्षिक मेलाको आयोजना गर्ने भएको छ। अष्ट्रेलियाका २५ भन्दा बढी स्थापित विश्वविद्यालय तथा शैक्षिक संस्थाहरुको सहभागितामा मेला आयोजना गर्न लागिएको हो ।

ग्रेस इन्टरनेसनलका दक्षिण एसिया निर्देशक एन्ड्रियु पौडेलले नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा हुन लागेको मेलाले अष्ट्रेलिया जान चाहाने विद्यार्थीलाई फाइदा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । निर्देशक पौडेलले विदेश पढ्न जान चाहने विद्यार्थीहरुलाई आवेदनदेखी भिसा प्राप्तीसम्मका सबै विषयमा जानकारी गराइने बताउनुभएको छ ।

पछिल्लो समय अष्ट्रेलियाले नेपाली विद्यार्थीलाई दिदैआएको भिसामा कडाई गरेको छ । अध्यानका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई मेलामार्फत कलेज र परामर्शदातासँग प्रत्यक्ष सम्पर्क र परामर्श गराएर भिसाको सफलतामा योगदान दिइने बताइएको छ । विद्यँर्थी भिसामा कडाई गरिएको भएपनि बास्तवमै पढ्न चाहाने र पढ्न जाने विद्यार्थीहरु मारमा नपर्ने बताइएको छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, शिक्षा / स्वास्थ्य

तपाईको कमेन्ट लेख्नुहोस्