Techie IT
Mission Khabar

सेवाग्राहीलाई दिनुपर्ने समयको विशेष ख्याल गर्न कर्मचारीलाई मन्त्री भुसालको आग्रह


ललितपुर । उर्जा, जलस्रोत तथा सिचाई मन्त्री पम्फा भुसालले सरकारी कर्मचारीले सेवाग्राहीलाई सेवा दिनुपर्ने समयमा कार्यालयभन्दा बाहिरीका गतिबिधिमा नलाग्न आग्रह गरकी छन् । शुक्रवार नेपाल राष्ट्रिय कर्मचारी महासंघ, जिल्ला समिती ललितपुरको चौथो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री भुसालले कर्मचारीले सेवाग्राहीलाई दिनुपर्ने समयको विशेष ख्याल गर्न आग्रह गरेकि हुन्।

मन्त्री भुसालले कर्मचारीको पेशागत सुरक्षाका लागि कर्मचारी महासंघले प्रभावकारी भुमिका खेलेको भन्दै यसमा सरकारले आवश्यक सहयोग समेत गरिरहेको बताइन् । कतिपय कर्मचारी राजनीति स्वार्थ समेत बोकेर हिड्दा त्यसले प्रशासनिक विकृती ल्याएको टिप्पणी गरिन् । मन्त्री भुसालले २०७५ मा आएको संघीय निजामती ऐनलाई कार्यान्वयन भन्दा पनि संशोधन गर्नुपर्ने बताइन् । उक्त ऐनमा विशिष्ट श्रेणीका कर्मचारी करारमा ल्याउने व्यवस्था पनि सुरु गर्दा उचित हुने उनको भनाई छ । त्यसको लागि आफूले ऐन संशोधनको प्रस्ताव संसदमा लगेपनि पास नभएको उनले बताइन् । कार्यक्रममा बोल्दै ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले कर्मचारीको हक हित र समस्या समाधानको लागि महासंघले आफ्नो भुमिका निभाउँदै आएको बताए । उनले यस्ता सङ्गठनले कर्मचारीको अझ मनोवल बढाउने गरि काम गर्नुपर्ने तर्क राखे ।

महासंघ जिल्ला समिति ललितपुरका अध्यक्ष काशी दाहालको अध्यक्षतामा सम्पन्न भेला तथा सम्मलेनमार्फत नयाँ कार्यसमिति चयन गरिनेछ ।


क्याटेगोरी : जनप्रतिनिधि, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्