Techie IT
Mission Khabar

हजारौँको भीडमा रविको आमसभा, भने– “बालेनको प्रशंशा गर्छु, ‘बा’ हरुलाई बिदाई गर्नुपर्छ”


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले काठमाडौं महानगपालिका मेयर बालेन्द्र साहको प्रशंशा गर्दै पछाडी बा थपिएकाहरुलाई विदाई गर्नुपर्ने बताएका छन् । शनिबार काठमाडौंको खुल्ला मञ्चमा आयोजित सभामा अध्यक्ष लामिछानेले मेयर साहले अवैध संरचनामा डोजर चलाएको भन्दै प्रशंशा गरेका हुन ।

मेयर साहको प्रशंशा गरेका लामिछानेले शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई अब विदा गर्नुपर्ने धारणा राखे । पछाडि ‘बा’ भएका तीन जनालाई ससम्मान विदा गर्नुपर्ने भन्दै नाम लिएका थिए । लामिछानेले भने– पछाडि ‘बा’ भएकाहरु केपी बा, देउवा र नानीका बा हरुलाई अब ससम्मान विदा गर्नुपर्छ किनकी अगाडि ‘बा’ भएकाहरु (बालेन) डोजर लिएर निस्किसके ।’ राजनीतिक दलका शीर्ष नेताहरुले विगतमा गरेका योगदानप्रति सम्मान रहेको भन्दै लामिछानेले अहिले भने उनीहरुको काम घिनलाग्दो भएको धारणा राखे । अहिलेको जस्तो घिनलाग्दो राजनीति जान्न र सिक्न आवश्यक नभएको जिकिर गरेका लामिछानेले अब पुराना नेता र पार्टीको बिकल्प खोज्न उपस्थित सबैलाई आह्वान गरेका थिए ।

देशभरकोे पार्टी विस्तार अभियान र सभा सकेर काठमाडौं फर्किएका अध्यक्ष लामीछाने उपस्थित भीडभाड देखेर निक्कै हौसिएका छन् । न्यूज २४ टेलिभिजनमा सिधा कुरा जनतासँग कार्यक्रम चलाएर चर्चित बनेका कार्यक्रम प्रस्तोता लामिछाने आफैले ग्लेक्सी फोर के टीभी खोल्ने अभियानको नेतृत्व गरेपनि केही महिना अघि पत्रकारीता छाडेर राजनीतिमा होमिएका थिए ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्