Techie IT
Mission Khabar

आयात प्रतिबन्ध लगाएका दश वस्तुमध्ये ६ वटाको प्रतिबन्ध फुकुवा, क–कस्लाई राहत !

मोवाईल, रक्सी र मोटरसाईकल आयात मंसिरपछि मात्रै


काठमाडौं । सरकारले आयातमा प्रतिबन्ध लगाएका दश वस्तुमध्ये ६ वटाको प्रतिबन्ध फुकुवा गरेको छ । बाँकी चार वस्तुको आयात प्रतिबन्धलाई निरन्तरता दिदै असोज अन्तिमसम्म पुर्याइएको छ ।

आर्थिक मन्दी व्यवस्थापन गर्न र डलरको सञ्चितिका लागि भन्दै यसअघि प्रतिबन्ध लगाइएका कुरकुरे,कुरमुरे,लेज, चुरोट तथा सुर्तीजन्य वस्तु, हिरा, तास, खेलौना र ३२ इन्चभन्दा माथिका रङ्गीन टेलिभिजनको आयात बन्देज खुला गरिएको छ । सबै प्रकारका तयारी रक्सी (औद्योगिक कच्चापदार्थ बाहेक), तीन सय अमेरिकी डलरभन्दा बढी मूल्यका स्मार्टफोन, जीप, कार र भ्यान (एम्बुलेन्स र शवबाहन बाहेक) र १५० सीसीभन्दा माथिका मोटरसाइकलको आयात प्रतिबन्ध भने यथावत राखिएको छ । आउँदो असोज २८ गतेसम्म यी वस्तुको आयात प्रतिबन्धले निरन्तरता पाउनेछ ।

आयात बढ्दै जाँदा विदेशी मुद्राको सञ्चिति घट्दै गएको र व्यापार घाटा बढेको कारण देखाउँदै सरकारले पहिलो पटक वैशाख १४ गते राजपत्रमा सूचना प्रकाशन गर्दै १० वस्तुको आयातमा असार मसान्तसम्मका लागि प्रतिबन्ध लगाएको थियो । पछि केही संशोधन गर्दै साउन १ गतेदेखि भदौ १४ सम्मका लागि दश वस्तुको आयात प्रतिबन्धलाई निरन्तरता दिइएको थियो ।


क्याटेगोरी : अर्थ / रोजगार, जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्