Techie IT
Mission Khabar

काठमाडौंको कपनमा भिषण आगलागी, तीन जनाको ज्यान लिने आगोलागीको कारण यस्तो !


काठमाडौं । । बुढानिलकण्ठ ११ स्थित कपनमा भीषण आगलागी हुँदा तीन जनाको ज्यान गएको छ । राममन्दिर नजिकै रहेको दुई तले घरमा अक्सिजन सिलिन्डर पड्किएर भीषण आगलागी भएको प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीले जानकारि दिनुभएको हो ।

मृतकको पहिचान भने यो समाचार तयार पार्दासम्म खुल्न सकेको छैन । ट्रेकिङ्ग अफिस र ट्रेकिङ्गमा प्रयोग हुने सामान राखिएको घरमा आगलागी भएको बताइएको छ । काठमाण्डौ, भक्तपुर र ललितपुरका दमकल बोलाएर आगो नियन्त्रणमा लिइएपछि क्षतीको पूर्ण बिवरण आउन सकेको छैन ।

घरको माथिल्लो तलामा रहेकाहरुको भने अग्नी नियन्त्रक र प्रहरीले उद्धार गरेका छन् ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, जीवन भोगाई, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्