Techie IT
Mission Khabar

कहाँ छन बलात्कार अभियोग लागेका क्रिकेटर लामिछाने ? इन्टरपोलको ‘डिफ्युजन नोटिस’!


काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेविरुद्ध इन्टरपोलले ‘डिफ्युजन नोटिस’ जारी गरेको छ । नाबालिग किशोरी बलात्कारको आरोपमा उजूरी परेसँगै सम्पर्कविहीन बनेका सन्दीपविरुद्ध नेपाल प्रहरीको अनुरोधमा इन्टरपोलले फरार सूचीमा राख्दै डिफ्युजन नोटिस जारी गरेको हो ।

नोटिस जारी भएसँगै अब लामिछाने इन्टरपोलका सदस्य राष्ट्रका प्रहरीको फरार सूचीमा राखिएका छन् । यी देशमा लामिछाने भेटिए सम्बन्धित देशका प्रहरीले उनलाई पक्राउ गरी नेपाल प्रहरीलाई बुझाउन सक्नेछन् । गएको भदौ ५ गते काठमाडौंको एक होटलमा लगेर नाबालिग किशोरीलाई बलात्कार गरेको आरोपमा लामिछानेविरुद्ध भदौ २२ गते गौशाला प्रहरीमा जाहेरी दर्ता भएको छ । क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा रहेको समयमा अभियोग लागेका लामिछाने अहिले उतैबाट फरार छन् ।

आइतवारमात्रै फेसबुकमा स्ट्याटस लेखेर आफू निर्दोष भएको र आफूलाई अपराधीको व्यवहार हुँदा मानसिक तनावको सिकार भएको जानकारि सन्दिपले गराएका थिए । आफू बसेको स्थानबारे केही नखुलाएपनि लामिछानेले चिकित्सकको सल्लाहमा आइसोलेसनमा रहेको र छिट्टै नेपाल फर्किएर कानुनी लडाई लड्ने जानकारि गराएका थिए ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्