Techie IT
Mission Khabar

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ परे क्रिकेटर सन्दिप लामिछाने !


काठमाडौं । नाबालिग बलात्कारको उजूरी परेका नेपाली क्रिकेटर सन्दिप लामिछाने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएलगत्तै पक्राउ परेका छन् । सामाजिक सञ्जालमार्फत आफू आज स्वदेश फर्किन लागेको जानकारी दिएर आज बिहान कतार एयरवेजको जहाजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिनासाथ प्रहरीले नियन्त्रणमा लिएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान १० बजे नै ओर्लिने भनिएको भए पनि खराब मौसमका कारण विमान अवतरण गर्न नसक्दा केहीबेर कतार एयरवेजको जहाजले आकाशमा फन्को मारेर अवतरण भएको थियो । विदेशमै रहेको बेला गत भदौ २१ गते एक बालिकाले बलात्कारको जाहेरी दिएकी थिइन् । आफूविरुद्ध उजुरी परेपनि क्रिकेटर लामिछानेले आफू निर्दोस रहेको, फसाइएको दाबी गर्दैआएका छन् । नेपाल प्रहरीको आग्रहअनुसार अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले उनीविरुद्ध डिफ्युजन नोटिस नै जारी गरेको थियो ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, जीवन भोगाई, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्