Techie IT
Mission Khabar

नेपाली टेलिभिजनबाटै विश्पकप फुटबल हेर्न पाइने, शुल्क लाग्नेछ ५ सय !


काठमाडौं । सर्वोच्च अदालतले विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण गर्न दर्शकसँग अतिरिक्त शुल्क लिन नपाउने गरी जारी गरेको अल्पकालीन अन्तरिम आदेश खारेज गरेसँगै अब नेपाली टेलिभिजनबाटै विश्वकप हेर्न पाइने भएको छ ।

बुधबार न्यायाधीश प्रकाश कुमार ढुंगाना र मनोजकुमार शर्माको संयुक्त इजलासले यसअघिको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने आदेश दिएसँगै मिडिया हब प्रालिलाई विश्वकप फुटबलको प्रत्यक्ष प्रसारणबापत दर्शकसँग अतिरिक्त पाँच सय शुल्क लिने बाटो खुलेको हो । अधिवक्ता किशोर पौडेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारलाई विपक्षी बनाएर रिट निवेदन दायर गरेका थिए । उनले विश्वकप फुटबलको प्रत्यक्ष प्रसारणमा दर्शकसँग अतिरिक्त शुल्क लिन नमिल्ने जिकिर गरेर रिट दायर गरेको भएपनि अदालती आदेश यसको विपक्षमा आएको छ । नेपालमा विश्वकप प्रसारणका लागि मिडिया हबले शुल्क बुझाएर फिफाबाट अनुमति पाएको छ ।

अव सबै प्रक्रिया अघि बढाइने मिडिया हवले जानकारि दिएको छ । मिडिया हवले फिफाबाट अनुमती ल्याएको भएपनि यसको प्रत्यक्ष प्रसारण हिमालय टेलिभिजन एचडी मार्फत गर्नेगरि समझदारी बनेको छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, विश्व / विविध

तपाईको कमेन्ट लेख्नुहोस्