Techie IT
Mission Khabar

ग्यास विक्रेता महासंघ पाँचौ बर्षमा, महेश्वरको अध्यक्षतामा नयाँ कार्यसमिति


काठमाडौं, जेठ । देशैभरीका ग्याँस बिक्रेताहरुको सामूहिक ऐक्यबद्धता, आत्मनिर्भर र व्यवस्थीत कारोबार हाम्रो प्रतिबद्धा भन्ने अठोट सहित स्थापना भएको ग्याँस विक्रेता महासंघ नेपाल पाँचौ बर्षमा प्रवेश गरेको छ ।

ग्यास विक्रेता महासंघ नेपालले पाँचौँ महाधिवेशनले बर्षे कार्यकलका लागि महेश्वर श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति समेत छनौट गरेको छ । महाधिवेशनको सर्वसहमतिमा श्रेष्ठ अध्यक्ष बनेका छन् । यस्तै, वरिष्ठ उपाध्यक्षमा चन्द्र थापा,उपाध्यक्षमा राम प्रसाद ज्ञवाली,महासचिवमा विनोद काफ्ले,सचिवमा विष्णु दुलाल,कोषाध्यक्षमा राजेश दाहाल सहित १९ सदस्यीय कमिटी सर्वसम्मतबाट निर्वाचित भएको छ ।

ग्याँसको समस्या समाधान गर्दै व्यवसायिक सुरक्षा र बृद्धि विकासमा यो कमिटीले कस्तो काम गर्छ ? आजैबाट अग्नि परिक्षा सुरु भएको छ ।


क्याटेगोरी : देश / प्रदेश, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्