शसक्त बन्दै थारु पत्रकार संघ

नवलपरासी, जेठ । थारु पत्रकार संघ नेपालको केन्द्रिय कमिटी बैंठकले पाँच सदस्यीय केन्द्रिय सचिवालय गठन गरेको छ । नवलपरासीको अमलटारी मध्यवर्ती होमस्टेमा बसेको बैठकले मदन चौधरी (थारुवान डटकम), प्रतिमा चौधरी (जनता टेलिभिजन), किशोर चौधरी (एभिन्यूज टेलिभिजन), सहदेव चौधरी (देश सञ्चार डटकम) र बुनु चौधरी (नेपाल खबर डटकम) रहेको सचिवालय गठन गरेको हो ।
यस्तै, थारु पत्रकार संगठनलाई सुदृढ र शसक्त बनाउ सात वटा विभाग गठन गरिएको छ । संगठन विभाग प्रमुख एवं प्रवक्तामा महासचिव किशोर चौधरी र आर्थिक विभागमा कोषाध्यक्ष प्रतिमा चौधरी चयन भएका छन्। छापा विभागमा सन्तोष दहित संयोजकमा चयन भएका छन् भने रेडियो टेलिभिजनको संयोजकमा संजय चौधरी रहेका छन्। अनलाइन विभागको संयोजकमा सहदेव चौधरी, महिला विभागमा उन्नती चौधरी र विदेश विभाग प्रमुखमा सन्तकुमार चौधरी सर्वसम्मत चयन भएका छन्।
केन्द्रीय महासचिव चौधरीका अनुसार बैठकले संस्थाको विधान संशोधन, प्रदेशमा थारु पत्रकारहरुको रिपोर्टि डेस्क बनाउने लगायतका विषयमाथि ठोस निर्णय गर्नेछ ।
क्याटेगोरी : देश / प्रदेश, समाचार
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्