प्रधानमन्त्री प्रचण्ड सर्वस्विकार्य नेता, अधिकांश सांसदबाट विश्वासको मत !

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा रहेका अधिकांश दलका सांसदबाट विश्वासको मत पाउने भएका छन् । सत्ता साझेदार ७ दल बाहेक, नेपाली कांग्रेस, एकिकृत समाजवादी र जसपा समेत प्रचण्डलाई विश्वासको मत दिने गृहकार्यमा छन् ।
दिउँसो १ बजेको बैठकमा विश्वासको मत लिँने भएपनि माओवादी केन्द्रसँगै सत्ता साझेदार दल नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी नेपाल (जसपा), जनमत पार्टी र राष्ट्रिय उन्मुक्ति पार्टी तथा तीन जना स्वतन्त्र सांसदको समर्थन प्रचण्डलाई साथ दिएका छन् । यी सत्ता साझेदार दल बाहेक एकिकृत समाजवादीका १० सांसद, लोसपाका ४ जना सांसदले समेत विश्वासको मत दिने भएका छन् । नेपाली कांग्रेस भित्र समेत प्रचण्डलाई विश्वासको मत दिनुपर्ने मत बलियो भएकाले कांग्रेसले विश्वासको मत दिएर प्रतिपक्षी भूमिकामा बस्ने निर्णय गरिसकेको छ । कांग्रेसका ८९ सांसदले समेत प्रचण्डलाई विश्वासको मत दिएमा उनी सर्वस्विकार्य नेता बन्नेछन् । यद्यपी प्रचण्डलाई मत दिने पार्टीको निर्णयमा महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्मा तथा नेताहरु अर्जुननरसिंह केसी र बलबहादुर केसीले लिखित असहमति जनाएका छन् । कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डमाथी फाटो बढाउन विश्वासको मत दिएर दबाब बढाउन भुमिका खेल्न लागेको चर्चा चलिरहेको छ ।
प्रचण्ड नेपालको संविधानको धारा ७६ को उपधारा ९२० बमोजिम गएको १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । प्रधानमन्त्रीमा नियुक्त भइसकेपछि उपधारा ९४० बमोजिम ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार आज विश्वासको मत लिन लागिएको हो ।
क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, जनप्रतिनिधि, देश / प्रदेश
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्