Techie IT
Mission Khabar

माघ एकबाट घट्दै बैंकको ब्याजदर, अब कति ?


काठाडौं । नेपालमा बैंकको ब्याजदर घटेको छ । वुधबार बसेको वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैकर्स संघको बैठकले निक्षेपको ब्याजदर घटाएर ११ प्रतिशत बनाउने निर्णय गरेको हो ।

पछिल्लो केहीदिन यता ऋण प्रवाह रोकिएर लगानीयोग्य पूँजी प्रभावित भएको भन्दै अधिकांश बैंकहरुले निक्षेपको ब्याजदर घटाउनुपर्ने आवाज उठाएका थिए । यसअघि मुद्दती निक्षेपको ब्याजदर १२ दशमलब १३ प्रतिशत रहेको थियो । घटेको ब्याजदर माघ १ बाट लागू हूने बताइएको छ ।
ऋणको ब्याजदर चर्को भएको भन्दै लामो समयदेखी व्यवसायीहरुले आन्दोलन गरेर समेत ब्याजदर घटाउन दबाब दिएका थिए । व्यवसायीको दबाबले नभई बैंकमा लगानीयोग्य पुँजी थुप्रिएपछि ब्याजदर समायोजनको बाध्यकारी कदम चालिएको आँकलन गरिएको छ ।


क्याटेगोरी : अर्थ / रोजगार, कृषी / उद्यम, जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्