Techie IT
Mission Khabar

६ विकास बैंक र ४ वित्त कम्पनीमाथी राष्ट्र बैंकको कारबाही


काठमाडौं । नेपाल राष्ट्र बैंकले ६ वटा विकास बैंक र ४ वटा वित्त कम्पनीलाई कारबाही गरेको छ । राष्ट्र बैंकले कार्यान्वयनमा ल्याएका कानुनी व्यवस्था, मौद्रिक नीति तथा निर्देशनका व्यवस्था उल्लङ्घन गरेको भेटिएपछि कर्णाली विकास बैंक, कर्पोरेट विकास बैंक, सिन्धु विकास बैंक, नारायणी विकास बैंक, सप्तकोसी विकास बैंक र साल्पा विकास बैंक कारबाहीमा परेका हुन् ।

यस्तै, वित्त कम्पनीतर्फ नेपाल फाइनान्स लिमिटेड, जानकी फाइनान्स कम्पनी लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेडले समेत सीडी रेसियो कायम गर्न नसक्दा जरिवाना तिर्नुपरेको छ । चालु आर्थिक वर्ष २०७९/०८० को पहिलो त्रैमासिक अवधिमा तोकिएको मापदण्ड पूरा नगरेका आधारमा जरिवाना तिराईको राष्ट्र बैंकले जनाएको छ ।


क्याटेगोरी : अर्थ / रोजगार, जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्