Techie IT
Mission Khabar

प्रधानमन्त्री प्रचण्ड फर्किए पुरानै गठबन्धनमा, कांग्रेसलाई राष्ट्रपति दिन ८ दल सहमत


काठमाडौं । सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्र र प्रतिपक्षमा रहेका नेपाली कांग्रेससहितका ८ दलले नयाँ गठबन्धन बनाएका छन् । फेरिएको नयाँ गठबन्धनसँगै सत्ता गठबन्धनबाट नेकपा एमाले, राप्रपा र राष्ट्रिय स्वतन्त्रबार्टी बाहिरिने निश्चित जस्तै बनेको छ ।

८ दलको आज साँझको बैठकले राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ । प्रधमनमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदको सबैभन्दा ठूलो दल कांग्रेसलाई राष्ट्रपतिको चुनावमा समर्थन गर्ने प्रस्तावसहित नयाँ राजनीतिक यात्राको थालनी गरौँ भन्ने प्रस्थावलाई माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी जसपा, नागरिक उन्मुक्ति र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका छन् ।

एकीकृत समाजवादीका प्रमुख सचेतक प्रकाश ज्वालाले राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने टुंगो लागेको भएपनि उम्मेदवारका सन्दर्भमा कांग्रेसले निर्यण गर्ने जानकारि दिनुभयो । यो सहमतिसँगै एमालेले अस्तिरताको नयाँ अध्यायको थालनी भन्दै प्रधानमन्त्री प्रचण्डको आलोचना सुरु गरेको छ ।


क्याटेगोरी : जनप्रतिनिधि, देश / प्रदेश, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्