Techie IT
Mission Khabar

निलम्बित एसएसपी खत्री अदालती बयानमा, खोल्लान त ठूलाठालूको पोल ?


काठमाडौं, जेठ । ३८ क्विन्टल सुन तस्करीमा मुछिएका मुख्य अभियुक्त मध्येका एक पूर्व एसएसपी श्याम खत्रीले जिल्ला अदालत मोरङमा आत्मसमर्पण गर्नासाथ बयान सुरु भएको छ ।
साँढे ३३ किलो सुनकाण्डको चर्चा चुलिएसँगै फरार भएको खत्रीले विहीबार आत्मसमर्पण गरेका हुन् । खत्रीलाई सुन तस्करीको नेक्सस सबै थाहा भएको अर्का अभियुक्त चुडामणी उप्रेती गोरेले बयान दिनु र लगत्तै उनले आत्मसमर्पण गर्नु अर्थपूर्ण हुनसक्छ । अदालत खत्रीको बयान विहीबारै सकेर थुनछेक बहस गर्ने तयारीमा छ । उनले गोरेले भनेजस्तै सबै संगठित सुन खेलाडीहरुको पोल खोल्छन वा तोडेमोडे बयान दिन्छन । यसमा सबैको ध्यान तानिएको छ ।

अन्य ३२ जना भने अझै फरार छन् । खत्रीबाट अरु ठूला तस्करहरुको संलग्नताको पोख खुल्ला त ? यो अहिले अनुत्तरित छ ।


क्याटेगोरी : देश / प्रदेश, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्