Techie IT
Mission Khabar

राष्ट्रपति पौडेलको कदममा अदालतको झड्का, नागरिकता विधेयक अब के होला ?


काठमाडौं । सर्वोच्च अदालतले नागरिकता ऐन संशोधन सम्बन्धी विधेयक यथास्थानमा राख्न अल्पकालीन अन्तरिम आदेश दिएसँगै तीन किसिमको नागरिकता पाउने सुनिश्चितता तत्काललाई कार्यान्वयन नहुने भएको छ । न्यायाधीश डा.मनोजकुमार शर्माको एकल इजलासले छलफलका लागि दुवै पक्षलाई झिकाउन कारण देखाउ आदेश जारी गर्दै तत्काल राष्ट्रपतिले गरेको नागरिकता विधेयक प्रमाणीकरण कार्यन्वयन नगर्न आदेश दिएको हो ।

नयाँ कानुनअनुसार जन्मसिद्ध नागरिकका सन्तान, बाबुको पहिचान हुन नसकेका व्यक्ति र गैरआवासीय नेपालीका नातिनातिनासम्मले नागरिकता पाउने व्यवस्था गरिएको थियो । लामो समयदेखी अल्झिएको नागरिकता विधेयकका कारण राजनीतिक बाहेकका सामाजिक, सांस्कृतिक, आर्थिक अधिकारसहितसहित दिन लागिएको एनआरएनए नागरिकता पाउने आशामा बसेका लाखौँ गैह्रआवासिय नेपालीहरु निरास बनेका छन् । गैरआवासीय नेपालीका हकमा नियमावली चाहिने भएकाले गृह मन्त्रालयले यसको तयारीमा समेत जुटेको थियो । वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले संविधान बमोजिम निष्क्रिय भइसकेको विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण गर्नु गैरसंवैधानिक भएको जिकिर गर्दै रिट दायर गरेका थिए । रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै तत्काल राष्ट्रपतिले गरेको प्रमाणीकरणलाई कार्यन्वयन गर्नबाट रोक लगाएको अदालतले अन्तरिम आदेश दिने कि नदिने भन्ने निर्णयका लागि छलफल गर्न दुवै पक्षलाई जेठ २६ गतेलाई बोलाएको छ ।

गएको वर्ष राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्न अस्वीकार गरेको विधेयक गएको १७ गते राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका थिए । संघीय संसदले साउन २०७९ मै नागरिकता विधेयक पास गरेको थियो । तर तत्कालीन राष्ट्रपति भण्डारीले प्रमाणीकरण नगरी २९ साउनमा सन्देशसहित प्रतिनिधिसभामा फिर्ता पठाइदिएकी थिइन् । तर दुवै सदनले नागरिकता विधेयक हुबहु पारित गरेर २० भदौमा तत्कालीन सभामुख अग्नि सापकोटाले प्रमाणीकरणका लागि फेरि राष्ट्रपतिससमक्ष पठाए । संविधानको धारा ११३ ९४० अनुसार राष्ट्रपति भण्डारीले उक्त विधेयक १५ दिन अर्थात् ५ असोजभित्र प्रमाणीकरण गर्नुपर्ने थियो । तर उनले त्यसलाई प्रमाणीकरण नगरी त्यत्तिकै थन्क्याएर राखेकी थिइन् ।

सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेश :


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, जीवन भोगाई, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्