Techie IT
Mission Khabar

२४ सै घण्टा स्वास्थ्यकर्मी परिचालनको व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालयको निर्देशन, गर्मीसँगै बढदै बिरामी !


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्मीयाममा बिरामीको संख्यासँगै जोखिम बढ्न सक्ने भन्दै २४ सै घण्टा स्वास्थ्यकर्मीको परिचालन गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ। संघीय, प्रादेशिक तथा स्थानीय स्तरका अस्पतालहरुलाई निर्देशन जारी गर्दै मन्त्रालयले गर्मीयाम बढेसँगै बिरामीको संख्या बढ्न सक्ने भन्दै २४ सै घण्टा स्वास्थ्यकर्मीको परिचालन गर्ने व्यवस्था मिलाउन आग्रह गरेको हो।

तराई क्षेत्र लगायत देशका मध्य पहाडी जिल्लाहरुमा सर्पदंशबाट हुन सक्ने क्षति, आगलागी, झाडा पखाला, उच्च ज्वरो जस्ता रोग एवं विपदजन्य अवस्थामा तत्कालै बिरामीहरूलाई उपचार सेवा पुर्‍याउन सक्ने गरी संघीयसँगै प्रादेशिक अस्पतालहरुले आवश्यकता अनुसारको उपचार व्यवस्था (औषधि, स्वास्थ्य उपकरण, एसी सहितको उपचार कक्ष) तयारी अवस्थामा राख्न विज्ञप्तिमार्फत आह्वान गरिएको छ । उपचारका लागि विशेषज्ञ चिकित्सक सहितको प्रभावकारी उपचार सेवा प्रदान गरी आम नागरिकको जीवन रक्षामा चौबिसै घण्टा स्वास्थ्यकर्मीको परिचालन गर्ने व्यवस्था मिलाउन भनिएको छ । स्वास्थ्य मन्त्रीको स्थलगत निरीक्षणका क्रममा अस्पतालहरूमा स्वच्छ पिउने पानी, उपयुक्त सरसफाई तथा संक्रमण हुनबाट सूरक्षित गर्न तापक्रम व्यवस्थापनको अभाव भएको पाइएको भन्दै शल्यक्रिया पश्चातका तथा अन्य ठूला घाउचोट भएका बिरामीहरूका लागि तापक्रमको व्यवस्थापन गर्नुका साथै स्वच्छ पिउने पानी र अस्पतालको सरसफाईलाई थप व्यवस्थित गर्न समेत मन्त्रालयले आग्रह गरेको छ।

स्वास्थ्यको पत्रमा भनिएको छ, ‘केही दिनअघि स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको स्थलगत निरीक्षणका क्रममा अस्पतालमा स्वच्छ पिउने पानी तथा उपयुक्त सरसफाइ तथा सङ्क्रमण हुनबाट सुरक्षित गर्न तापक्रम व्यवस्थापनको अभाव भएको पाइएकाले शल्यक्रियापश्चात् तथा अन्य ठूला चोटपटक भएका बिरामीका लागि तापक्रमको व्यवस्थापन गर्नाका साथै स्वच्छ पिउने पानी र अस्पतालको सरसफाइलाई व्यवस्थित गर्नहुनु अनुरोध गरिन्छ।’

यस्तो छ अस्पतालहरुलाई स्वास्थ्य मन्त्रालयले जारी गरेको निर्देशन :


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, शिक्षा / स्वास्थ्य

तपाईको कमेन्ट लेख्नुहोस्