नक्कली शरणार्थी प्रकरण : पूर्वमन्त्री खाँण र रायमाझीसहित १६ जना पुर्पक्षका लागि जेल चलान !

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर प्रहरीले मुद्दा चलाएका दुई जना बाहेक सबै अभियुक्त पुर्पक्षका लागि जेल चलान भएका छन् । जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेम प्रसाद न्यौपानेको इजलासले नक्कली शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै करोडौं रकम असुल्ने गिरोहमा संलग्न देखिएको प्रारम्भिक ठहरसहित दुई जना बाहेकका सबैलाई पुर्पक्षमा पठाउने आदेश दिएको हो ।
करिब तीन महिना लामो अनुसन्धान गरेर प्रहरीले अदालतमा पेश गरेको मुद्धामा एक साता भन्दा लामो वहस र सुनुवाईपछि यस्तो आदेश आएको हो । जिल्ला अदालतको यो आदेशसँगै पूर्व गृहमन्त्री समेत रहेका कांग्रेस नेता बालकृष्ण खाँण, एमालेका निलम्बित सचिव समेत रहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित १६ जना नक्कली भुटानी शरणार्थी प्रकरणको संगठित ठगिमा संलग्नताको पुष्टि भएसँगै पूर्पक्षका लागि थुनामा पठाइएका छन् । कुल ३० जनाविरुद्ध मुद्दा चलाइएकामा १२ जना अझै फरार छन् ।
प्रहरीले मुद्धा चलाएका मध्ये लक्ष्मी महर्जनसँग अदालतले ५ लाख धरौटी मागेको छ भने टंक गुरुङसँग १० लाख धरौटी मागेको छ । बाँकीको धरौटी माग समेत आदालतले अश्वीकार गरेको छ । यो प्रकरणमा पहिलो चरणको अनुसन्धान सकेर मुद्धा अदालतमा पेश गरेको प्रहरीले बाँकी संलग्नता बारेको खोजीसहितको अनुसन्धान अहिले पनि गरिरहेको छ ।
क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, जीवन भोगाई, देश / प्रदेश
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्