राष्ट्रपति पौडेलको मुटुमा पुनः समस्या, अस्पताल भर्ना गरेर उपचार हुँदै !

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल मुटुमा पुनः समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् । मध्यरातमा त्रि बि शिक्षण अस्पताल महाराजगन्जमा लगिएका राष्ट्रपति पौडेललाई आज बिहान मनमोहन कार्डियो भास्कुलरमा भर्ना गरिएको हो ।
राष्ट्रपति पौडेलको मुटुमा समस्या देखिएपछि २ बजे राति त्रिबि शिक्षण अस्पताल पुर्याइएको थियो । टिचिङबाट बिहान ५ बजे मनमोहन कार्डियो थेरासिस भास्कुलर एन्ड ट्रान्स प्लान्ट सेन्टरमा सारिएको छ । अहिले राष्ट्रपति पौडेलको सिसियूको क्याबिनमा राखेर उपचार भइरहेको छ ।
केही दिन अघि मात्रै पनि राष्ट्रपति पौडेललाई मुटुमा समस्या आएपछि अस्पताल भर्ना गरिएको थियो। अघिल्लो महिना मात्रै भारतको नयाँदिल्लीमा उपचार गरी फर्किएका राष्ट्रपति पौडेल अहिलेसम्म पनि पुर्ण रुपमा सञ्चो भएका छैनन ।
क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, शिक्षा / स्वास्थ्य
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्