Techie IT
Mission Khabar

बाक्लिदै मनसुनी प्रणालीको प्रभाव, यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना


काठमाडौं। देशको पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभावसँगै पानी पर्ने क्रमले तिब्रता पाएको छ । यी बाहेकका बाँकी भू–भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारि दिएको छ।

मनसुनी प्रभावले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागमा विहानदेखी नै हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो कोशी र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पूर्वानुमान गरिएको छ । आज राति कोशी, मधेस, गण्डकी प्रदेशमा भारी वर्षाको पूर्वानुमान महाशाखाले गरेको छ भने बागमती र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा देशको बाँकी भू–भागमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको आँकलन गरिएको छ ।

भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी तथा पहिरोको जोखिम उच्च रहेको भन्दै सतर्क रहन महाशाखाले सबैलाई आग्रह गरेको छ । पानीको समयमा सुरक्षित भएर घरबाहिर निस्किन आग्रह गर्दै मौसमविद्हरुले खोला, नदी तटिय क्षेत्र र पहाडी क्षेत्रका जोखिमयुक्त स्थानमा विशेष सतर्कता अपनाउन आग्रह गरेका छन् ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्