Techie IT
Mission Khabar

नियम नमान्ने बिरुद्ध आक्रामक बन्दै ट्राफिक, सिट संख्याभन्दा बढी यात्रु नबोक्न चेतावनी


काठमाडौं, जेठ । सिट संख्या भन्दा बढी यात्रु नबोक्न ट्राफिक प्रहरीले सचेत गराउन थालेको निक्कै लामो समय भएको छ । तर चेतावनी सहित सचेतना गराउने ट्राफिकलाई यातायात व्यवसायीले अहिलेसम्म साथ थिएका छैनन । बरु सिट भन्दा बढी नबोक्न सूचित गर्ने ट्राफिक नै चोक चोकमा कोचाकोच यात्रु बोकेको टुलुटुलु हेरिरहेका हुन्छन ।

यहि श्रृङ्खलालाई निरन्तरता दिन फेरी ट्राफिकले शुक्रबार सार्वजनिक यातायातलाई सिट संख्या कार्यान्वयन गर्न सचेत गराएको छ । बढी यात्रु राख्ने सवारी साधनलाई कडा कारबाही गर्ने चेतावनी दिएको ट्राफिकले विगतको जस्तै अवज्ञा सहनुपर्छ वा चालक तथा सहचालक सुध्रिन्छन ? हेर्न बाँकी नै छ । कडा कारबाहीको चेतावनी ट्राफिक प्रहरी महाशाखाले दिदैगर्दा ५ सयको जरिवाना बढाएर १ हजार पुर्याएको छ । महाशाखाका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार पन्तले यो चेतावनी कारबाहीसम्म पुग्ने बताएका छन् ।

सार्वजनिक सवारी साधनमा धुम्रपान गरेमा र ध्वनी संकेत निषेध गरेको ठाउँमा ध्वनी दिएमा १ हजार जरिवाना तिर्नुपर्नेछ । ट्याक्सीभित्र नम्बर प्लेट राख्नुपर्ने, निश्चित ठाउँमा मात्रै यात्रु रोक्ने र चढाउनुपर्ने भनेको ट्राफिकले जथाभावी गाडी पार्किङ गर्ने बिरुद्ध समेत कडा कारबाही गर्ने भएको छ । चेतावनी कारबाहीसम्मका लागि हो वा लोकप्रियताको निरन्तरता, प्रतिक्षा बाँकी नै छ ।


क्याटेगोरी : देश / प्रदेश, यातायात / यात्रा
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्