अव्यवस्थीत गाईफर्मका कारण रुप्सेटारका स्थानीय मारमा, सरकारसँग गरे यस्तो गुनासो !
काठमाडौं । गोकेर्णेश्वर नगरपालिका वडा नम्बर १ रुप्सेटारमा सञ्चालित अव्यवस्थित गाईफार्मका कारण स्थानीय आजित भएका छन् । गाइको मलखाद र गौमुत्र बगेर खेतबारी अनि सडक क्षेत्रमा आइपुग्दा फैलिएको दुर्गन्ध बारे स्थानीय सरकारमा गुनासो गर्दा समेत व्यवस्थित गराउन चासो नदिएको गुनासो स्थानीयले गरेका हुन ।
बाबुराम कार्कीले संचालन गरेको गाईर्फमले वरपरको बस्तीमा प्रभाब पारेको भन्दै स्थानियले बारम्बार वडा कार्यालयमा व्यवस्थित गराउने बारे ध्यानाकर्षण गराए पनि अहिलेसम्म पनि अवस्था उस्तै छ । “व्यवसाय गर्नै हुन्न पक्षमा हामी छैनौँ, तर गाईफर्मलाई ब्यबस्थित बनाउन माग गर्दै वडा कार्यालयमा निबेदन दिएपनि सुनुवाई भएन् ।” नाम सार्वजनिक नगर्ने सर्तमा एक स्थानीयले बताए । फर्मबाट आउने गौमुत्र, मलखाद, पानीसँगै ढलले बस्तीमा असर परेको गुनासो स्थानीयले स्वयम व्यवसायी कार्कीसँग समेत बारम्बार गर्दै आएका छन् । डम्पिङ साईट नहुदा गाईफर्मबाट निस्केको नाली जथाभाबि बगाउने कार्कीले बस्तिमा प्रत्यक्ष असर परेको बारे कुनै सुनुवाई नगरेको, जे गर्दा पनि हुन्छ भन्ने शैलीमा अघि बढेको भन्दै स्थानीयले आक्रोश पोखिरहेका छन् ।
गाईफर्मको नाली जथाभाबि बग्नाले हैजा, डेंगी जस्ता संक्रामक रोगको जोखिम बढेको स्थानीयको गुनासो छ । अझ फर्म क्षेत्रबाट आउने दुर्गन्धले स्थानीयमा जोखिम बढाउँदा मलखाद, गौमुत्रसहितको लिचेड सिधै बागमती नदिमा मिसिदा बागमती नदी सरसफाई अभियानमाथी नै चुनौँती थपिएको छ । संचालकलाई पटक पटक सम्झाउदा स्थानीय सरकारमा उजुरीसहित गुनासो पुर्याउदा समेत लापरबाहि नरोकिएको गुनासो गर्ने स्थानीय, वडा र नगरपालिका समेत गाईफर्मवालासँग बिकेको आशंका गरिरहेका छन् ।
चाहे गाई फर्म होस वा अन्य कुनै व्यवसाय हामी कुनै पनि व्यक्तिले व्यवसाय गर्नुहुन्न भन्ने पक्षमा छैनौँ, तर व्यवसाय गर्दा अरुलाई असर गर्नेगरि गर्न पाइदैन, हाम्रो बिरोध यसैको हो । एक स्थानीयले भने । पटक—पटक गुनासो गर्दै आएका गोकर्णेश्वर रुप्सेटार बासीले आफुहरुले स्वच्छ वातावरणमा बाच्न पाउने अधिकारको सुनिश्चितताका लागि सरकारसँग हारगुहार गरिरहेका छन् ।
क्याटेगोरी : अर्थ / रोजगार, जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश
भरखरै प्रकाशित
- १लेनदेनको विषयमा जबरजस्ती जाहेरी, घुमुवा प्रहरीको अगाडी महाराजगञ्जका डिएसपी मौन
- २सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- ३७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ४एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ५काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
तपाईको कमेन्ट लेख्नुहोस्