Techie IT
Mission Khabar

प्रतिवद्धताबाट बिचलित नहुँने ओली दाबी, सधै भए अधुरा


काठमाडौं, जेठ । केपीशर्मा ओली नेतृत्वको सरकार शुक्रबार चौथो पटक विस्तार भयो । यो स्वभाविक नै थियो । किनकी संविधानले दिएको मन्त्रिपरिषद्को अधिकतम संख्या पुग्न अझै एक जना मन्त्रीले अवशर पाउनेछन् ।

२४ सदस्यीय मन्त्रिमण्डल बनाउदासम्म ओलीले दुई तिहाई दलबल सहित इतिहासकै शक्तिशाली प्रधानमन्त्रीका रुपमा आफूलाई उभ्याएका छन् । यो शक्ति आर्जन गर्दैगर्दा उनले आफ्नो एउटा प्रतिबद्धता भने लत्याएका छन् । प्रधानमन्त्री बन्दैगर्दा देखिनेगरी देश र जनताका लागि केही काम गर्ने दाबी गरेका ओलीले अर्को प्रतिबद्धता गरेका थिए–“उपप्रधानमन्त्रीको जत्था सरकारमा जम्मा नगर्ने ।” तर उनी आफैले आफ्नै प्रतिबद्धता लत्याउने गरि चौथो पटक मन्त्रिपरिषद् विस्तार गरे ।

संविधान संसोधनको बचनबद्धताबाट संघीय समाजवादी फोरमलाई सरकारमा ल्याएका उनले सोही अवशरमा दुई उपप्रधानमन्त्री बनाए । फोरम अध्यक्ष उपेन्द्र यादव उपप्रधान तथा स्वास्थ्यमन्त्री बन्दैगर्दा, ईश्वर पोखरेलको उपप्रधानमन्त्रीमा बढुवा भयो । फोरमका मोहम्मद इस्तियाक राइन शहरी विकासमन्त्री बन्दैगर्दा सुचना प्रविधि तथा सञ्चार राज्यमन्त्री रहेका गोकुल बाँस्कोटा मन्त्रीमा पदोन्नती भएका थिए ।

पहिलो पटक प्रधानमन्त्री हुँदा पदभार ग्रहणमा गरेको प्रतिबद्धता तुहिन विस्तापनको थियो । २०७२ असोज २५ गते प्रधानमन्त्री कुर्सीमा बसेपछि उनले देशभरका तीन सय ८५ वटा तुईन दुई बर्षभित्र विस्तापित गरी पुल निर्माण गर्ने निर्णयमा हस्ताक्षर गरेका थिए । तर अझै प्रदेश ७ सदुरपश्चिम तुईनमुक्त हुन सकेन । खोला नदि वारपार गर्ने अन्य विकल्प नहुँदा जोखिमपुर्ण तुईनकै भर पर्छन, यहाँका स्थानीय ।

पहिलो सत्ता सयरको प्रतिबद्धता दोश्रो कार्यकालका लागि सिंहदरबार हुँदै बालुवाटार छिर्दा पनि पुरा नहुँनु र भर्खरै दुई उपप्रधानमन्त्री नियुक्त हुनु संयोग मात्र नहुन सक्छ । यी दुई प्रतिनिधि घटनाले प्रधानमन्त्री ओली आफ्नो प्रतिबद्धतामा कति अडिग रहन सक्छन भन्ने उदाहरण प्रस्तुत गरेका छन् ।


क्याटेगोरी : देश / प्रदेश, राजनीति
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्